कर्णालीका जनतालाई गुणस्तरीय जीवनयापन लागि युवाको काधँमा छ: मन्त्री बुढाक्षेत्री

सुर्खेत । अन्तर्राष्ट्रिय युवा दिवस अगस्ट १२ को अवसर पारेर राष्ट्रिय युवा परिषद्को आयोजनामा सोमबार वीरेन्द्रनगरमा कर्णाली युवा संवाद सम्पन्न भएको छ । “अन्तरपुस्ताको ऐक्यवद्धता ः सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिवद्धता” मुल नारासहित कर्णाली युवा संवाद गरिएको हो ।

एसोशियशन अफ इन्टरनेशनल एनजिओज् ९एआइएन० युथ वोर्कीन ग्रुप अन्तर्गत प्लान इन्टरनेशनल, सेभ द चिल्द्रेन, द लुथरन वोल्ड फाउन्डेशन, स्ट्रमा फाउन्डेशनसँगको सहकार्यमा उक्त कार्यक्रम गरिएको थियो । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका माननिय यज्ञ बहादुर बुढा क्षेत्रीले उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बोल्दै मन्त्री बुढाक्षेत्रीले कर्णाली प्रदेश स्मृद्ध बनाउन तथा १७ लाख कर्णालीका जनतालाई गुणस्तरीय जीवनयापन लागि युवाको काधँमा प्रमुख दायीत्व रहेको बताए । यसका लागि युवा शक्तिलाई मुलधारमा ल्याउन युवाको नेतृत्व विकास, सिप तथा आत्मनिर्भर बनाउन आवश्यक रहेको बताए ।

कर्णाली युवा संवादका माध्यमबाट कर्णाली जिल्लाका युवाको आवाजलाई व्यक्त गर्ने माध्यम प्रदान गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै विभिन्न संघ संस्था, प्रदेश सरकार तथा स्थानीय सरकारको भूमिका यसका लागि महत्वपूर्ण रहेको बताए । यस कार्यक्रममा कर्णाली प्रदेशको नवनिर्वाचित युवा नेताहरुको समेत सहभागिता रहेको छ ।

त्यसैगरी, कार्यक्रमको दोस्रो चरणमा निति निर्माण तथा सोको कार्यान्वयनका विषयमा योजना आयोगका पूर्व सदस्य योगेन्द्र शाहीले बताएका थिए । तेस्रो चरणमा प्यानल डिक्कसन गरिएको थियो । जसमा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, प्रदेश सांसद देवी ओली र हिमा गाउँ पालिकाका, जुम्लाका अध्यक्ष लक्ष्मण शाहीले नीति निर्माण, योजना र कार्यान्वयनमा युवाहरुको अर्थपूर्ण सहभागिता, रोजगारी, गुणस्तरिय शिक्षा, आयआर्जन लगायत सुनिश्चित गर्नु पर्नेमा जोड दिएका छ । कार्यक्रममा बोल्दै हिमा गाउँ पालिकाका अध्यक्ष लक्ष्मण शाहीले आफ्नो पालिकालाई युवा मैत्री पालिका घोषण गर्नुका साथै यसका लागि युवा मैत्री संरचना विकासमा जोड दिएका थिए ।

त्यसैगरी, यस कार्यक्रममा जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत लगायत कर्णालीका विभिन्न जिल्लाबाट उपस्थित हुनुभएका युवाले आफ्ना जिल्लामा भोगका समस्या, नीतिगत भिन्नता, र आवश्यकताहरु व्यक्त गर्नुका साथै सम्बोधनका लागि अनुरोध गरिएको थियो ।

कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधिहरु, विभिन्न जिल्लाका युवा, स्थानीय प्रतिनिधिहरु, पत्रकार, युवाका क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधि लगायतको यस कार्यक्रममा उपस्थिति रहेको थियो ।

युवाका मुद्दा र सरोकारलाई सम्बोधन गर्ने अभिप्रायले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ । यसको पूर्व सन्ध्यामा कर्णाली युवा संवाद कार्यक्रम आयोजना गरिएको हो ।