मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

निर्वाचन आयोगमा १० औं पार्टीका रुपमा एमाले दर्ता ।

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । यससँगै आयोगमा नयाँ दर्ता भएका राजनीतिक दलको संख्या १० पुगेको छ ।

एमाले महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितका नेताहरु दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित चिठी बुझाएपछि आयोगले १० औं दलका रुपमा एमालेको दर्ता गरेको हो ।

Dailekhi urja

आयोगमा सबैभन्दा पहिले सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।

त्यसपछि क्रमस मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी, राष्ट्रिय नागरिक पार्टी आयोगमा दर्ता भइसकेका छन् । ठूला पार्टीमा एमाले पहिलो भएको छ ।

nepalgunj