काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको नागरिकता विधेयक जस्ताको तस्तै बहुमतले पारित भएको छ । विधेयक पारित गर्नका लागि मतदान भएको थियो । संसदमा एक सय ९५ जना सांसद उपस्थित भएकामा पक्षमा एक सय ३५ जनाले पक्षमा मतदान गरेका थिए । यस्तै विपक्षमा ६० जनाले मतदान गरेका छन् । मत दिन्न भन्नेमा कसैले पनि मतदान गरेनन् ।
"
खबर बजार । २ भाद्र २०७९, बिहीबार १९:१३