दराजको प्रबन्ध निर्देशकमा आँचल

काठमाडौं । अलिबाबा समूहको लगानीमा नेपालमा सञ्चालित अनलाइन सपिङ साइट दराज नेपालको प्रबन्ध निर्देशक पदमा आँचल कुँवरलाई नियुक्त गरिएको छ ।

दराजको नेतृत्व गर्ने पहिलो नेपाली महिला कुँवरले कार्यभार सम्हालिसकेको कम्पनी स्रोतले बताएको छ ।

कुँवरले अमेरिकाबाट एमबीए गरेर अमेजनमा ग्लोबल एक्सपान्सनमा प्रोग्राम म्यानेजमेन्टतर्फ व्यवस्थापक पदमा काम गरेर अनुभव बटुल्नुभएको छ ।