मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

चोलेन्द्रशमशेर राणाविरूद्धका आरोपबारे प्रमाण उपलब्ध गराउन सार्वजनिक सूचना प्रकाशित।

१ मिनेट पढाइ
०साझा

kuse inside

संसदको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धका आरोपबारे तीन दिनभित्र प्रमाण तथा कागजात उपलब्ध गराउन सार्वजनिक सूचना प्रकाशित गरेको छ।

राणाविरूद्धको महाअभियोगमा २१ आरोप लगाइएको छ। समितिले शुक्रबार गोरखापत्रमा प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन यस विषयमा सरोकार राख्ने नियकाय वा व्यक्ति सबैबाट सार्वजनिक सूचना प्रकाशन गरी त्यस्तो प्रमाण, कागजात तथा जानकारी माग गर्ने निर्णय भएकाले सूचना प्रकाशन भएको मितिले तीन दिनभित्र यस समितिमा आइपुग्ने गरी पठाइदिनुहुन अनुरोध छ,’ समितिको सुचनामा भनिएको छ।

Dailekhi urja

सिफारिस समितिले राणालाई बयानका लागि भदौ १५ मा बोलाएको छ।

nepalgunj