मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

सुर्खेत क्षेत्र २ बाट हृदयराम थानीको नाम सिफारिस

१ मिनेट पढाइ
०साझा

खबर बजार
kuse inside

सुर्खेत । नेपाली कांग्रेसका पुर्व मनत्री तथा पुर्व केन्द्रीय सदस्य हृदयराम थानी सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारमा सिफारिस भएका छन् । हिजो शुक्रबार बसेको क्षेत्रीय कार्यसमितिकको बैठकले उनलाई उम्मेदवारमा सिफारिस गरेको हो ।

सुर्खेत (२) बाट कांग्रेसका तत्कालीन केन्द्रीय सदस्य हृदयराम थानीलाई पराजित गर्दै नवराज रावत विजयी भएका थिए । सुर्खेत २ मा ३७ हजार ४४७ मतले रावत विजयी हुँदा थानीले २८ हजार ६४६ मत प्राप्त गरेका थिए।

Dailekhi urja

यस्तै समानुपातिक तर्फ नरहरी भट्टराई र ज्ञानु भुसालको नाम सिफारिस भएको भएको बताइएको छ ।

यस्तै प्रदेश सभातर्फ क्षेत्र नम्बर–२ को ९क० बाट प्रत्यक्षमा गोविन्द कोइराला , काली शाक्य, कमल रेग्मी, तीर्थ शाही, बालदीप कँडेल,देबकुमार सुवदी, कर्ण बुढा, नारायण सापकोटा,हरि बिष्टको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ शिवराज जोशी, गोबिन्द बहादर मल्ल,यज्ञ बहादुर बुढा, लोक बहादुर विश्वकर्मा,जानकी सिंह,डिल्लीराम पाठकसहित २४ जनाको नाम सिफारिस गरिएको छ।

nepalgunj