धादिङ १ बाट हिमेश पन्त प्रतिनिधि सभा उम्मेदवार बन्ने

काठमाडौं । कमेडी च्याम्पियन विजेता हिमेश पन्त धादिङ १ बाट प्रतिनिधिसभा उम्मेदवार बन्नुहुने भएको छ ।आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुहुने भएको हो ।स्वतन्त्र पार्टीको धादिङ जिल्ला समितिले सो क्षेत्रबाट पन्तको नाम सिफारिस गरेको छ ।उहाँ टिभी रियालिटी शो कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हुनुहुन्छ ।