

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पहिलो संविधानसभाका सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ ।ढुंगेलको आज काठमाडाैं गोठाटारस्थित आफ्नै निवासको ट्वाइलेटमा लडेर निधन भएको एमालेका नेता जीवी खड्काले बताउनु भयो ।परिवारका सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै हुनुहुन्थ्यो । अहिले एमाले ओखलढुंगाका नेता कार्यकर्ता र पारिवारिक सदस्यहरू उहाँको निवासमा भेला भएका छन् । शव ट्वाइलेटमै रहेको र प्रहरी पनि बोलाइएको खड्काले बताउनु भयो ।लामो समय जेलमा रहँदा उहाँ मिर्गौलासहित विभिन्न रोगबाट पीडित हुनुहुन्थ्यो ।नेकपाको एकता भंग हुँदा उहाँ माओवादीमा नगएर एमालेमा नै बस्नु भएको थियो ।ढुंगेल पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्र ओखलढुंगा क्षेत्र नम्बर २ बाट सभासद् हुनुभएको थियो ।उहाँलाई २०६६ सालमा सर्वोच्च अदालतले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय दिएको थियो । त्यतिबेला सर्वोच्चले जिल्ला अदालतकै फैसला सदर गरेको हो ।सर्वोच्चबाट जन्मकैदको फैसला भए पनि उहाँले २०७४ सालमा आम माफी पाउनु भएको थियो ।

खबर बजार । २२ आश्विन २०७९, शनिबार १३:३४