प्रेस चौतारी सुर्खेतको अध्यक्षमा खत्री, पुरस्कार र सम्मान घोषणा

सुर्खेत । प्रेस चौतारी नेपाल सुर्खेतको अध्यक्षमा गोविन्द खत्री निर्विरोध निर्वाचित हुनुभएको छ ।

वीरेन्द्रनगरमा भएको छैटौं जिल्ला अधिवेशनबाट चौतारीको अध्यक्षमा खत्री तथा उपाध्यक्षद्वयमा सीता ओली र यसकुमार चपाई चयन हनुभएको छ ।

चौतारीको सचिवमा मुना हमाल, सहसचिवद्वयमा दिनेश बुढा र यामबहादुर बि. क. चयन हुनुभएको छ ।

यसैगरी, चौतारीको कोषाध्यक्षमा अप्सरा विष्ट तथा सदस्यहरूमा खुमलाल न्यौपाने, मग्रिब बक्स, तेजविक्रम तिवारी, दिपक बराल, विक्रमकुमार बि. क., खगेन्द्र हमाल, कल्पना हमाल, नवराज उपाध्याय, अनिता बि. क., खगेन्द्र शाही, पार्वती बयक, सुरेश पौडेल, लक्ष्मी हमाल र राजकुमारी पौडेल चयन हुनुभएको छ ।

अधिवेशनको उद्घाटन एमाले स्थायी कमिटी सदस्य यामलाल कडेलले गर्नु भएको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु नवराज रावत र मोहनमाया ढकालको पनि उपस्थिति थियो ।

प्रेस चौतारी नेपालका तत्कालीन जिल्ला संयोजक दीपेन्द्र ओलीको अध्यक्षतामा भएको अधिवेशनबाट “अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन” गर्ने अभियानको सुरुवात समेत भएको छ ।

निवर्तमान कार्यसमिति सदस्य स्वर्गीय डिलप्रसाद शर्माको सम्झनामा “डिल स्मृति पत्रकारिता पुरस्कार” घोषणा भएको छ ।

पाँच हजार राशिको उक्त पुरस्कार यस पटक सीता ओलीलाई प्रदान गरिएको छ । यसैगरी, अग्रज पत्रकार आदरणीय पृथ्वीबहादुर सिंहज्यू सम्मानित हुनुभएको छ ।