मध्यपश्चिम विश्वविद्यालयमा परीक्षा स्थगित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले हाल जारी परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले आज एक सुचना प्रकाशित गरि माघ ७ गते शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जनाएको छ ।

अहिले इन्जिनियरिङ सङ्कायअन्तर्गत स्नातक तह प्रथम सेमेस्टरको सन्त्रान्त परीक्षा चलिरहेको थियोे ।

विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूलाई कोरोना संक्रमणको जोखिम रहेकाले परीक्षाहरू स्थगित गरिएको सुचनामा उल्लेख छ ।