प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रको पहिलो जित

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ पहिलो जित सिन्धुली २ बाट निकालेको छ ।

सिन्धुली क्षेत्र नम्बर २ मा माओवादीका लेखनाथ दाहाल २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित हुनु भएको छ ।

मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहाल एमालेका उम्मेदवार मनोज थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित हुनु भएको छ । थापाले २१ हजार ३ सय ५५ मत पाउनु भएको छ । गठबन्धनका उम्मेदवार दाहाल यसअघि प्रदेश सभा सदस्य हुनुहुन्छ ।