काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
गत बिहीबारदेखि सुरु भएको बैठकमा आज मुख्यतः म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाबारे निर्णय गर्ने तयारी छ ।
नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, मुस्लिम संघ लगायतका कांग्रेस भ्रातृ संस्थाको नेतृत्व रिक्त छ भने म्यादसमेत सकिएको छ ।
कांग्रेस प्रवक्ता डाक्टर प्रकाशशरण महतले आजको बैठक भ्रातृ संस्थाबारे आवश्यक निर्णय लिने बताउनुभएको छ । यसअघि बैठकले बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा गर्ने निर्णय गरिसकेको छ ।
खबर बजार । १ फाल्गुन २०७८, आईतवार ११:३३