जुम्लाको प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजयी

काठमाडौं । जुम्लाको प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजयी हुनु भएको छ ।

धारो चुनाव चिन्हका शाही ९ हजार ६४५ मतसहित विजयी हुँदा गठबन्धनबाट नेपाली कांग्रेसका ललितजंग शाहीले ७ हजार ७५५ मत प्राप्त गर्नुभयो ।

पार्टीले टिकट नदिएपछि कांग्रेस नेता शाही स्वतन्त्र उम्मेदवार बन्नु भएको थियो । क्षेत्र नम्बर २ बाट यसअघि नै एमालेका टेकराज पछाई विजयी भइसक्नु भएको छ ।

प्रतिनिधिसभातर्फ राप्रपाका ज्ञानेन्द्र शाही विजयोन्मुख हुनुहुन्छ । कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी मिल्दा निकै बलियो मानिएको जुम्लामा गठबन्धनले तीनै सीट गुमाउने भएको छ ।