

जाजरकोट । जाजरकोट प्रदेश सभा (१) मा नेपाली कांग्रेसका वेदराज सिंह विजयी हुनुभएको छ । बुधबार बिहान गरिएको अन्तिम मतगणना अनुसार सिंहले १८ हजार ५४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाका प्रतिस्पर्धी नेकपा एमालेका डम्बरबहादुर सिंहले १२ हजार ४ सय ७० मत प्राप्त गर्नुभएको थियो । उनीहरु बीच ७ हजार ७३ मतान्तरको फरक छ । सिंहको निर्वाचन क्षेत्रमा ३६ हजार ९३७ मत खसेको थियो ।

खबर बजार । ७ मंसिर २०७९, बुधबार १९:५१