सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई बृद्धि गर्न स्वदेशीकरण नगरिँदा देशमा गरिवी बढ्दै गईरहेको बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा विहीबार राप्रपा नेपाल कर्णाली प्रदेशले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले आन्तरिक उत्पादनलाई बढाउनुको साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरताले देशमा गरिवी बढेको बताउनुभयो ।
उहाँले देशका ४० लाख बढी युवा शक्तिलाई वैदेशीक रोजगारीको जोखिमपूर्ण काम लगाउन बाध्य पारिएर आएको विप्रेषणले देशको अर्थतन्त्र धानिएको बताउनुभयो । बढ्दो गरिवीका कारणले निमुखा र विपन्नलाई सम्पन्न बनाउने नाममा ईसाईकरण गरिँदा नेपाल धर्म परिवर्तन गर्ने देशहरुमा पहिलो नम्वरमा रहेको उहाँले जिकिर गर्नुभयो ।
एक फरक प्रशंङ्गमा उहाँले लोकतन्त्रको आड्मा केही सीमित राजनीतिक दलका व्यक्तिहरुले रजगज गर्दा विगत १६ वर्षदेखि देश परिवर्तनको आसमा बसेका आम नागरिकका अपेक्षाहरु पुरा हुन नसकेका उल्लेख गर्नुभयो । फरक विचार र राष्ट्रनिमार्णको वैकल्पिक मागचित्र बोकेको राप्रपा नेपालले देशको धरातलीय यथार्थ र आवश्यकतालाई दृष्टिगत गर्दै देशको समसामयिक परिस्थिति र मुख्य चुनौतिहरुका वारेमा समाजका विभिन्न वर्ग, क्षेत्र र समुदायसँग विचारको आदानप्रदान गर्ने उद्देश्यले उक्त वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएकोले राप्रपा नेपालका केन्द्रीय सदस्य ईश्वर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कर्णाली प्रदेशका अगुवा कार्यकर्ताहरुलाई पार्टीका अध्यक्षसहित अन्य वरिष्ठ नेताहरुले प्रशिक्षण समेत दिने कार्यक्रम रहेको बताउनुभयो ।
खबर बजार । १६ असार २०७९, बिहीबार १७:२८