रबि लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दायर


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट परेको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिनु भयो ।

पौडेलले भन्नु भयो, रबि लामिछानेविरुद्ध रिट दायर भएको छ । युवराज सफलले रिट दर्ता गराउनुभएको हो ।’ रिटमा लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ । रिटमा लामिछानेलाई सांसदको रूपमा सपथ नखुवाउन माग गरिएको छ ।

दोहोरो नागरिकता प्रकरणमा मुछिएपछि लामिछाने विवादित बन्दै आउनु भएको छ । मंसिर ४ गतेको निर्वाचनमा उहां चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभातर्फ निर्वाचित हुनु भएको हो ।