काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उहाँको श्रीमती राधिका शाक्यलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
एन्टीजेन र पीसीआर परीक्षण गर्दा उहाँहरू दुबैमा कोरोना पोजेटिभ देखिएको हो ।
रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पत्ति आफ्नो निवासमा नै आइसोलेसनमा छन् । यसभन्दा अगाडि जाेगिँदै आएका पूर्वप्रधानमन्त्री ओलीलाई पहिलो पटक काेराेना संक्रमण पुष्टि भएको हाे ।
अध्यक्ष ओली पछिल्लो समय सार्वजनिक कार्यक्रमहरूमा नगए पनि कोरोनाले भेटेको हो ।
नेपालमा पछिल्लो कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । केही समयअघि मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
खबर बजार । ९ माघ २०७८, आईतवार ०५:२३