सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैयाँको बजेट ल्याएको छ ।
नगरपालिकाले सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै पुँजीगततर्फ ५३ करोड ५५ लाख ३६ हजार पाँच सय, चालुतर्फ १ अर्ब ३७ करोड ३५ लाख ७६ हजार र वित्तीय व्यवस्थातर्फ तीन करोड २० लाख रुपैयाँको बजेट ल्याएको हो । यो चालु आर्थिक वर्षको भन्दा ३७ करोड ५८ लाख ४९ हजार ९ सय रुपैयाँले बढी बजेट हो ।
शुक्रबार नगरसभामा आगामी आवको बजेट प्रस्तुत गर्दै उपप्रमुख निलकण्ठ खनालले शैक्षिक, प्रशासनिक र पर्यटकीय सहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर भन्ने सोचका साथ बजेट ल्याइएको जनाए ।
आर्थिक रुपले सम्पन्न, भौतिक रुपले योजनावद्ध सहरी सुविधायुक्त, लैंगिक रुपमा महिलामैत्री, सामाजिक रुपले समावेशी÷सहभागितात्मक, वातावरणीय रुपले स्वच्छ, सफा तथा व्यवस्थापकीय रुपले सुव्यवस्थित शैक्षिक, प्रशासनिक र पर्यटकीय सहरको रुपमा निर्माण गर्ने योजना प्राथमिकतामा छन् ।
यस्तै सुर्खेत जिल्लाको लेकबेशी नगरपालिकाले ७४ करोड ८७ लाख नौ हजार ५७ बराबरको बजेट ल्याएको छ । बुधबार आगामी वर्ष २०७९÷८० का लागि नगर उपप्रमुख विमला खड्लुकले उक्त बजेट ल्याएकी हुन् ।
उपप्रमुख खड्लुका अनुसार नगरपालिकाले चालु खर्चतर्फ ४० करोड २५ लाख ४३ हजार ३६९ रुपैयाँ र पूँजीगत तर्फ २९ करोड ९७ लाख ८८ हजार एक सय ९२ रूपैयाँ बजेट विनियोजन गरेको छ ।
यस्तै, विकास साझेदार संघसस्थाहरुको कार्यक्रम तर्फ ४ करोड ६३ लाख ७७ हजार ४९६ रूपैयाँ बजेट लेकबेशीको रहेको छ ।
यता, बराहताल गाउँपालिकाले ६२ करोड ७१ लाख आठ हजार ६ सय २३ रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पुन मगरले आगामि आर्थिक वर्ष २०७९÷०८० को बजेट गाउँसभामा प्रस्तुत गरेकी हुन् ।
चालुतर्फ ३९ करोड ६४ लाख ५८ हजार ६ सय २३ रुपैयाँ र पूँजीगततर्फ २३ करोड ६ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।यस्तै, पालिकाले कृषि, स्वास्थ्य, शिक्षा, रोजगार र विकास निर्माणका योजनालाई प्रथामिक्तामा राखेर बजेट ल्याएको छ ।
यस्तै जिल्लाको गूर्भाकोट नगरपालिकाले ९५ करोड ५८ लाख ३३ हजारको बजेट ल्याएको छ । शुक्रबार आगामी वर्ष २०७९÷८० का लागि नगर उपप्रमुख मैना वि.कले उक्त बजेट नगर सभामा प्रास्तुत गरेकी हुन् । नगरपालिकाले चालूतर्फ ६८ करोड ९ लाख ३३ हजार र पुँजीगततर्फ २४ करोड ९९ लाख बजेट ल्याएको छ ।
यता, सुर्खेतको उत्तरि पुर्वी सिम्ता गाउँपालिकाको आर्थिक वर्ष २०७९र०८० का लागि सभामा ५९ करोड वढिको वजेट पेस गरिएको छ ।
आर्थिक ,सामाजिक ,सस्थागत बिकासका लागि पुर्बाधार,सुशासनयुक्त समृद्ध सिम्ता गाउँपालिकाको आधार भन्ने मुल नाराका साथ गाउँ सभा आ.व २०७९÷०८० को नीति तथा कार्यक्रम सभामा पेस गरिएको थियोे ।
गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले प्रस्तुत गरेका थिए । आर्थिक विधेक ,बिनियोजन बिधेयक र बजेट बक्तब्य सभाका उपाध्यक्ष गोमा शर्मा(रेग्मी)ले प्रस्तुत गर्दै ५९ करोड ९५ लाख २४ हजार बजेट बिनियोजित गरिएको छ।
साथै न्यायिक समिति ,विधायन समिति,सुशासन समिती,लेखा समिती र कृषि बिधेयक २०७९ सभाका अध्यक्षले टेबुल गरेका थिए । अन्य बाकी यी बिषयमा छलफल को लागि सभाका अध्यक्ष चन्दले आषाढ १७ गते ११ बजेका लागि सभा स्थगित गरिएको जानकारी दिए ।सभामा प्रस्तुत गरेका विषयमा दफावार छलफलको लागि असार १७ गते नै सभा आह्वान गरिएको छ।
सृजना बुढाथोकी । ११ असार २०७९, शनिबार ०७:४५