जनकपुरधाम । मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको छ ।
६३ सांसदको समर्थनसहित यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष मुख्यमन्त्रीको दाबी पेश गर्नु भएको हो ।
सत्ता साझेदार दलहरूले मधेस प्रदेशमा पहिलो चरणको मुख्यमन्त्री जसपालाई दिने सहमति अनुसार यादवले दाबी पेश गर्नु भएको हो ।
मधेश प्रदेशसभामा १०७ सांसद छन् । बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदसहित ६३ सांसदले समर्थन गरेका छन् ।
खबर बजार । २७ पुष २०७९, बुधबार १२:४६