कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका शर्माको दाबी पेश

सुर्खेत । कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्माले दाबी पेश गर्नु भएको छ । २५ सांसदको हस्ताक्षरसहित उहांले प्रदेश प्रमुख तिलक परियार समक्ष दाबी पेश गर्नु भएको हो ।
सातदलीय गठबन्धनको शीर्ष तहमा कर्णालीको मुख्यमन्त्री माओवादीलाई एकलौटी दिने निर्णय भएपनि प्रदेशस्तरमा एमालेसँग आलोपालो गर्ने सहमति भएपछि मुख्यमन्त्रीको दाबी पेश गरिएको हो ।

शर्मालाई मुख्यमन्त्री नियुक्तिका लागि माओवादी केन्द्रका १३, एमालेका १० र राप्रपाका १ गरी २५ सांसदको समर्थन छ ।

माओवादी पोलिटव्युरो सदस्य शर्मा रुकुमपश्चिम प्रदेशसभा (२) बाट निर्वाचित हुनुहुन्छ ।