

काठमाण्डौं । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सभामुख पदको उम्मेदवारी दिनुभएको छ ।
नयाँ बानेश्वारस्थित संसद भवनमा पुगेर उहाँले सभामुखमा उम्मेदवारी दर्ता गराउनु भएको हो् । उहाँको प्रस्तावकमा विश्वप्रकाश शर्मा हुनुहुन्छ भने समर्थकमा प्रकाश ज्वाला ।
उहाँलाई माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको छ ।

खबर बजार । ४ माघ २०७९, बुधबार १५:३७