काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार २०८९ बैशाखमा स्थानीय तहको निर्वाचन हुनैपर्ने भए पनि सत्ता साझेदार दलहरूले त्यो व्यवस्थालाई मिच्ने तयारी गरेका छन् ।
संवैधानिक संकटबाट बचाउन र स्थानीय तहलाई रिक्त नबनाउन भन्दै छिटो निर्वाचनको मिति तोक्न निर्वाचन आयोगले पटक पटक आग्रह गरिरहेका बेला सत्ता गठबन्धनमा आवद्ध दलहरूले भने वैशाखमा निर्वाचन नगर्ने समझदारी गरेका हुन् ।
बालुवाटारमा बसेको सत्ता गठबन्धनका नेताहरूको बैठकमा २०७९ साल असोजपछि मात्रै स्थानीय निर्वाचन गर्ने सहमति जुटेको छ ।
गठबन्धनका शीर्ष नेताहरुको बैठकले स्थानीय निर्वाचनसँग सम्बन्धित विषयमा संविधानसँग बाझिएका कानून संशोधन गर्नेसमेत सहमति गरेको छ ।
खबर बजार । ९ माघ २०७८, आईतवार १३:०७