राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा ३ जनाको उम्मेदवारी

दाङ । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको लागि सत्तारूढ दलबाट एमालेका कुमार दसौदी, नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दिनुभएको हो ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजिनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो ।