f एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन समूहगत छलफल चल्दै

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन समूहगत छलफल चल्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रिय कमिटी बैठकको दोस्रो दिनको सत्र शुरु भएको छ ।

ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा जारी बैठकमा अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरूले समूहगत छलफल गरिरहेका छन् । आज केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम शुरु भएको छ ।

प्रत्येक केन्द्रिय सदस्यलाई तीन मिनेटको समय सीमा दिइएको छ । पहिलो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनउपर नेताहरुले आ–आफ्नो धारणा राख्नेछन् ।

सदस्यहरूले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिमा पनि धारणा राख्नेछन् । बैठक बुधवारसम्म चल्ने बताइएको छ ।