संघीय निजामती र प्रहरी समायोजन ऐनले सरकारको भविष्य निर्धारण गर्छ: अध्यक्ष उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय निजामती र प्रहरी समायोजन ऐनले सरकारको भविष्य निर्धारण गर्ने बताउनु भएको छ ।

जनपुरधाममा बुधबार मधेश प्रज्ञा प्रतिष्ठानको उद्घाटन गर्दै अध्यक्ष यादवले संघीय सरकारले तत्काल यी दुई विधेयक पारित गर्नुपर्ने बताउनु भयो ।

‘अहिलेको सरकारले दुईवटा काम तत्काल गर्नुपर्छ । संघीय निजामती ऐन यथाशीघ्र पास गरेर प्रदेश कर्मचारी तन्त्र स्थापित र प्रहरी समायोजन गरेर प्रदेशलाई हस्तान्तरण’, यादवले भन्नु भयो, यही दुईवटा काममा यो सरकारको भविष्य निर्धारण हुन्छ ।’

प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र स्रोत साधन नहुँदा चाहे अनुसार काम गर्न नसकेको उहाँको भनाइ छ । ‘एउटा आर्मीको गार्ड लिएर घुम्दैमा सरकार हुँदैन । आफ्नो प्रहरी प्रशासन, कर्मचारी, कानुन, अदालत र स्रोत चाहिन्छ’, यादवले भन्नुभयो ।