कांग्रेसका एक सांसदले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने


काठमाडौं । नेपाली कांग्रेसका सांसद टेक प्रसाद गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउनु हुने भएको छ ।

भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उहां निलम्बनमा पर्नु भएको छ । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी गुरुङविरुद्ध भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले स्वत: निलम्बनमा रहेको जानकारी दिएको छ ।

यसअघि गुरुङले प्रतिनिधिसभा सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ भने लिनु भएको थियो । गुरुङ नेपाली कांग्रेसको तर्फबाट मनाङबाट निर्वाचित हुनुभएको थियो ।

                                                                                                   सूचना