काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको शंका गरिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना भाइरस संक्रमण भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शनिवारदेखि एक हप्ता आइसोलेसनमा बस्नुभएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारकाअनुसार देउवाले अत्यावश्यकबाहेकका भेटघाट एक हप्तालाई बन्द गर्नुभएको छ ।
प्रधानमन्त्रीको पीसीआर परीक्षण आइतबार हुने भएको छ । दुई दिनअघि बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रचण्डसहित देउवा सहभागी हुनुहुन्थ्यो ।
प्रचण्डसँग बैठकमा सहभागी सत्तारुढ दलका १० भन्दा बढी नेतालाई स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङमा राखिएको छ ।
प्रचण्ड र नारायणकाजीसहित माओवादीका १० जनाभन्दा बढी नेता संक्रमित भएका छन् ।
खबर बजार । २४ पुष २०७८, शनिबार १२:०७