काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त हुनुभएको छ ।
उहाँले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो । त्यस पछि राष्ट्रपति पौडेलले उहाँलाई प्रधानन्यायाधीश नियुक्त गर्नु भएको हो ।
आठ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनु भएका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदै हुनुहुन्छ ।
खबर बजार । १ असार २०८०, शुक्रबार १८:०२