संविधान दिवस २०७९ को अवसरमा कर्णाली प्रदेशका प्रमुख तिलक परियारद्वारा शुभकामना व्यक्त

सुर्खेत । संविधान दिवस २०७९ को अवसरमा कर्णाली प्रदेशका प्रमुख तिलक परियारले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जनतामा सुख, शान्ती, सुस्वास्थ्य एवं समृद्धिको कामना व्यक्त गर्नुभएको छ ।प्रदेश प्रमुख परियारले सोमबार शुभकामना सन्देश जारी गर्दै नेपालको इतिहासमा पहिलोपटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ असोज ३ गतेबाट नयाँ नेपालको संविधान जारी भएको उल्लेख गर्दै जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन र बलिदानले नेपालको संविधान प्राप्त भएको बताउनुभयो ।शुभकामना सन्देशमा उहाले भन्नुभएको छ, “ज्ञात, अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु, साथै वेपत्ता योद्धा, घाइते, अपाङ्ग र जेल–नेल पीडितहरुलाई उच्च सम्मान व्यक्त गर्दछु ।”नेपालको संविधानको सातवर्ष पार गरि आठौं वर्षमा प्रवेश गरेको आठौं संविधान दिवसको यसअवसरमा कर्णालीबासी लगायत स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण दिदिवहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु प्रदेश प्रमुख परियारले भन्नुभएको छ ।नेपालको संविधान २०७२ ले संघीयता धर्मनिरपेक्षता, गणतन्त्र, समानुपातिक समावेशीता संस्थागत हुन पुगेको भन्दै नागरिक स्वतत्रता, मौलिक अधिकार, मानव अधिकार, वालिंग मताधिकार, लोकतन्त्रका आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानुनी राज्य जस्ता लोकतन्त्रको जगमा दिगो शान्ति सुशासन, विकाश र समृद्धि प्राप्तिका लागि मार्ग प्रशस्त गरेको बताउनुभयो ।साथै एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद्को अन्त्य गर्दै नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्य शक्तिको श्रोत भएका छन । यस प्रकारको उपलब्धीको रक्षा, प्रयोग र थप विकास गर्न हिमाल, पहाड तराई मधेशका जनता एक ढिक्का भएर अघि बढ्न आवश्यक रहेको प्रदेश प्रमुख परियारले शुभकामनामा भन्नुभएको छ ।