उच्चस्तरीय छानबिन समिति गठन नगरेर क्विन्टललाई ६१ केजीमा झारियो: केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरेर क्विन्टललाई ६१ केजीमा झारेको बताउनु भएको छ ।

बुधबार साँझ होटल रेडिसनमा नेकपा एमालेद्वारा आयोजित ‘वर्तमान आर्थिक अवस्था–समस्या र समाधान छलफल कार्यक्रम’मा बोल्दै सय केजीलाई ६१ केजीमा झारेको आरोप लगाउनु भएको छ ।

उहाँले भन्नु भयो, ‘सरकारले राम्रो काम केही गरेको छैन । ३३ पटक ब्रेक सुको नाममा सुन आएको रहेछ । एकदिन कतैबाट बाध्यता परेपछि समातियो ।’

उहाँले पहिले खोलामा सुन बग्छ भनिन्थ्यो अहिले एअरपोर्ट बाटै सुन बगिरहेको उहाँले टिप्पणी गर्नु भयो । ‘एअरपोर्टमा त यस्तो छ झन खुल्ला सिमानामा के होला ?’, उहाँले प्रश्न गर्नु भयो ।