मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २३ , आइतबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

सहमहामन्त्री यादवमाथि साङ्घातिक हमला गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाण्डौ । नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि आज बुधवार भएको साङ्घातिक हमलालाई गम्भीरतापूर्वक लिई घटनाको निन्दा गरेको छ ।

घटनाको कांग्रेसले घोर निन्दा र भत्सना गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । रिपोर्टर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमणपछि घाइते यादवको अहिले काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भइरहेको पनि उहाँले बताउनुभयो ।

Dailekhi urja

यादवमाथि आक्रमण गर्ने व्यक्ति र त्यसको पछि हुनसक्ने जो कोही व्यक्ति वा समूहमाथि गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ । कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

nepalgunj