एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ ।

बैठक शनिबार मध्याह्न १२ बजे देखि संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

बैठक आगामी २२ गतेदेखि सुरु हुने बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने उहाँले बताउनु भयो । ‘सरकारका कामकारबाहि र जनसरोकारका मुद्दामा प्रमुख प्रतिपक्षी दल कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ,’ उहाँले बताउनु भयो ।

संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आजै नेपाली कांग्रेस र रास्वपाले पनि संसदीय दलको बैठकमा छलफल गर्दैछन् ।