बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा पहिलो पटक करदाता सेवा केन्द्र सञ्चालनमा आएको छ । केन्द्र स्थापनासँगै औपचारिक रूपमा कर सेवासमेत सुरु भएको छ ।

सेवा शुभारम्भसँगै २ नम्बर वडा स्थित बेउचहवास्थित मदिना परफ्युम एण्ड जनरल स्टोर की सञ्चालक जन्नतुल पठानीलाई पहिलो व्यावसायिक स्थायी लेखा प्रमाणपत्र (प्यान) हस्तान्तरण गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वली र करदाता सेवा केन्द्रका शाखा प्रमुख मुकद्दर अली मुकेरीले संयुक्त रूपमा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।
स्थानीय स्तरमै कर सेवा उपलब्ध भएपछि अब नरैनापुरका व्यवसायी तथा करदाताले प्यान नम्बर लिन र करसम्बन्धी सेवा प्राप्त गर्न नेपालगन्ज धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।