सुर्खेत । भारतीय कम्पनी भि-बोन ब्राण्डका आधुनिक फर्निचरका कुर्सीको शो-रुम सुर्खेतको वीरेन्द्रनगरमा उद्घाटन भएको छ ।
शो-रुमको नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश समितिका एशोसियटस् उपाध्यक्ष प्रकाश उप्रेतिले उद्घाटन गर्नुभएको हो ।
वीरेन्द्रनगर–६, बुद्धपथस्थित टिडी डेकोर हबले शो-रुमको जिम्मेवारी पाएको छ। शोरुममा न्यूनतम् १० हजारदेखि अधिकतम् १ लाख २९ हजारसम्मका कुर्सी बिक्रीमा राखिएको र २१ वटा मोडलमा कुर्सीहरू उपलब्ध रहेको सञ्चालक देवेन्द्र अधिकारीले बताउनुभएको छ ।
कम्पनीका प्रतिनिधि प्रविण श्रीबास्तवले भारतीय कम्पनीले नेपालका विभिन्न सहरहरूमा बिक्रीका लागि ३६ वटा डिलर सञ्चालनमा रहेका बताउनुभयो ।
खबर बजार । ५ पुष २०७८, सोमबार ०३:१३