सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा चालु आर्थिक बर्षको पाँच महिनाको अवधीमा करिब ६ सय उजुरी दर्ता भएका छन् ।
आयोग सुर्खेत कार्यालयका अनुसार चालु आर्थिक बर्षको साउनदेखि मंसिर महिनासम्म पाँच सय ९४ उजुरी दर्ता भएका हुन् ।
आयोगका अनुसार सबैभन्दा धेरै भदौ महिनामा एक सय ८२ उजुरी दर्ता भएका छन् । भने साउन महिनामा एक सय ६९ वटा उजुरी दर्ता भएका छन् ।
त्यसैगरी असोज महिनामा एक सय ३४, कात्तिक महिनामा ३६ र मंसिर महिनामा ७३ वटा उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।
गत आर्थिक बर्षमा विभिन्न माध्यमबाट कर्णाली प्रदेशमा २० हजार ९ सय ५ उजुरीहरू परेका थिए ।
"
खबर बजार । २४ मंसिर २०८०, आईतवार १६:४५