काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका धेरै ठाउँको बिहिबार मौसम धुम्मिएको छ ।धेरै ठाउँमा बादल लागेको छ भने तराईलगायतका केही ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको छ ।
आज बिहिबार पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ ।आज र भोलि पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने सम्भावना रहेको मौसम विज्ञान विभागले बताएको छ ।
दिउँसोको समयमा घाम देखिए पनि पारिलो घाम नलाग्ने भएकाले चिसो बढ्ने सम्भावना छ । यस्तै, आज राति पनि कर्णाली, सुदूरपश्चिम, प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।
खबर बजार । ६ माघ २०७८, बिहीबार ०४:४५