सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक आत्याधुनिक प्रविधियुक्त ग्याविन तारजालि उद्योग अौपचारिक रुपमा सञ्चालनमा आएको छ ।
सुर्खेतका व्यवसायीहरु पञ्चरत्न शर्मा, श्यामप्रकाश सापकोटा, दुर्गाप्रसाद रेग्मी र सिद्धिखर रेग्मीले १५ करोडको लागतमा सुरक्षा ग्याविन वायर इण्डष्ट्रिज प्रा. लि. सञ्चालनमा ल्याउनुभएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्योगको उद्घाटन गर्दै नीजि क्षेत्र सक्षम नभएसम्म अन्य क्षेत्रको विकास गनर्को नसकिने बताउनुभएको छ । उद्योगी र उद्यमीहहरुको विकास गर्नमा सरकार सदैव तत्पर रहेकाले ठूला उद्योगमा लगानी गर्न उहाँले आव्हान गर्नुभयाे ।
नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले कर्णालीमा ठूलो क्षमताको आधुनिक ग्याविन वायर उद्योग स्थापना भएकोले निर्माण व्यवसायीहरुलाई तारजाली अन्यत्र ठाउँबाट ल्याउने समस्या हट्ने बताउनुभयाे ।
वीरेन्द्रनगर–१२ मा रहेकाे औद्योगिक क्षेत्रमा झण्डै १५ करोड लागतमा उद्योग स्थापना गरिएको हो ।
चीनबाट खरिद गरेर ल्याइएको मेसिनले सुर्खेतमै ग्याविन तारजाली उत्पादन गर्न सकिने छ ।
मेसिनबाट दैनिक ९ हजार ६ सय वर्गमिटर ग्याविन बक्स र दुई हजार किलोग्राम चेनलिङ्क (घेरबार जाली) उत्पादन गर्न सकिने छ ।
तीन रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले अप्रत्यक्ष र प्रत्यक्षरुपमा ४० जनालाई रोजगारी दिएको छ । उद्योगले हाल २२ प्रकारका साइजमा ग्याविन तारजाली उत्पादन गर्ने जनाएको छ ।
खबर बजार । २० फाल्गुन २०७८, शुक्रबार ०५:५७