f एमाले केन्द्रीय कमिटी बैठक शुरू

एमाले केन्द्रीय कमिटी बैठक शुरू

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठकमा केन्द्रीय सचिवालय बैठकबाट पास गरिएका एजेण्डा लगायतका विषयमा केन्द्रित रहेर छलफल हुनेछ ।

आज बिहान बसेको सचिवालय बैठकका एजेण्डामा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन र अध्यक्षको राजनीतिक प्रतिवेदनलगायतका विषयहरू तय भएका छन् ।

साथै निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन पनि केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुनेछ  ।