सुन-चाँदीको मूल्य बढ्यो

काठमाडौं । सुन-चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

मंगलबार छापवाल सुनको मूल्य आज ९३ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय र तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ ।

सोमबार १२ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको आजको मूल्य १२ सय ६० रुपैयाँ पुगेको छ ।