f यी हुन् आकस्मिक बाढीको उच्च जोखिम रहेका ५० जिल्ला...

यी हुन् आकस्मिक बाढीको उच्च जोखिम रहेका ५० जिल्ला…

काठमाडौं । नेपालका ५० जिल्ला आकस्मिक बाढीको उच्च जोखिममा परेका छन् । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट, रसुवा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङमा आकस्मिक बाढीको मध्यम जोखिम छ ।

यस्तै मनाङ्ग, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा, पर्वत, डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी, दार्चुला, र कन्चनपुरमा पनि आकश्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी, त्रिशुली नदी तथा स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको छ ।

नदी तथा खोलानालाको आसपास र बाढीको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, नदीको बहाव बढेको अवस्थामा तटीय क्षेत्रमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँतर्फ सर्न महाशाखाको आग्रह छ ।