

सुर्खेत । बिभिन्न अभियोगमा दोषी ठहर भई सुर्खेत कारागारमा कैदी जीवन बिताइरहेका १६ जनालाई आममाफी दिइएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा–२७६ बमोजिम देशका विभिन्न कारागारमा रहेकाे ५ सय १ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिस अनुसार १२ जनाको सजाय माफ भएको हो ।

प्रजातन्त्र दिवस तथा अन्य विशेष दिवस र अवसर पारेर पटक पटक कैदी माफको चलन रहिआएको छ । जसमा सुर्खेतका १६ जनालाई माफी दिइएको छ । माफी पाउनेहरुमा १२ जना पुरुष र चार जना महिला रहेकाे कारागार कार्यालय सुर्खेतले जनाएको छ ।
कारागारकाअनुसार माफी पाउनेमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्याेग, चाेरी, बहुविवाह र सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेकाहरु हुन् ।

खबर बजार । ७ फाल्गुन २०७८, शनिबार १२:५५