f विरेन्द्रनगरमा पार्किङ गरेर राखेकाे गाडीमा अागजनी

विरेन्द्रनगरमा पार्किङ गरेर राखेकाे गाडीमा अागजनी

सुर्खेत। वीरेन्द्रनगरमा दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको छ। गए राती जुम्ला रोडस्थित सत्कार होटल अगाडि रोकेर राखेको बा १४ च ६८३१ नम्बरको स्कर्पियो र सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२(००१ ख ००६१ नम्बरको मिनी बसमा आगजनी भएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार स्कार्पियो गाडी नेपाली कांग्रेस र मिनी बस नेकपा एमालेले चुनावी प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो । आज विहान करिव २ बजेको समयमा अज्ञात समूहले गाडीमा आगजनी गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

स्कार्पियोको पछाडीको टायर जलेको छ भने, मिनि बसको सबै सिटहरु जलेर सिसाहरु फुटेको छ। आगोलाई स्थानीयबासी र प्रहरीको सहायताले रातको ३ बजे नियन्त्रणमा लिएको थियो । आगजनी गर्ने ब्यक्तिहरुको खोजी कार्य भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।