मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

गायिका पौडेलको मृत्यु प्रकरण: गायक बबुललाई पक्राउ 

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौँ । गायक तथा संगीतकार धनबहादुर गिरी (बाबुल)लाई  आत्महत्या दुरूत्साहन मुद्दामा प्रहरीले आज पक्राउ गरेको छ ।

Dailekhi urja

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले दिएकाे जानकारी अनुसार अनामनगरकाे एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको उपचारको क्रममा मृत्यु भएपछि गिरीलाई पक्राउ गरिएको हो ।

आत्मदाहको प्रयास गरेकी गायिका पौडेलको मृत्यु भएपछि गायक गिरीविरुद्ध नितुका आफन्तले जाहेरी दिएका थिए ।

पौडेलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुँदै थियाे । आफैंमाथि आगो लगाइरहेको अवस्थामा पौडेललाई प्रहरीले उद्धार गरेर कीर्तिपुर बर्न अस्पताल लगेकाे थियो । साेही घटनामा गिरी पनि सामान्य घाइते भएका प्रहरीको भनाई छ ।

nepalgunj