
काठमाडौं । इजिप्टका फरवार्ड मोहम्मद सलाहले मंगलबार यस सिजनको अन्त्यमा लिभरपुल छाड्ने घोषणा गर्नुभएको छ ।

क्लबका इतिहासकै उत्कृष्ट गोलकर्तामध्ये एक ३३ वर्षीय सलाहले सम्झौता समाप्त हुन एक वर्ष बाँकी रहँदै टोली छाड्ने निर्णय गर्नुभएको हो ।
सलाहले लिभरपुलका लागि ४३५ खेलमा २५५ गोल गर्नुभएको छ । प्रिमियर लिग विजेता लिभरपुलले दुबै पक्षबीच ‘सम्झौता’ भई उहाँ टोलीबाट अलग हुने जनाएको छ ।




खबर बजार । ११ चैत्र २०८२, बुधबार १७:३८