
काडमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ ।
मुम्बई ईन्डियन्सलाई ६ विकेटले हराएपछि हैदरावाद तेस्रो स्थान कायम गर्न सफल भएको हो । मुम्बई भने, नवौं स्थानमा छ ।
वानखेडेमा भएको खेलमा हैदरावादले मुम्बईलाई ६ विकेटले हराएको हो । टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४३ रन बनाएको थियो । मुम्बईका रायान रिकल्टनले अविजित १२३ रन बनाए पनि टोलीको जीतका लागि पर्याप्त भएन ।
२४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले १८ ओभर ४ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । हैदरावादका ट्रभिस हेडले ७६ तथा हेनरिक क्लासेनले अविजित ६५ रन बनाउनुभयो ।
आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले खेल्दैछन् ।




खबर बजार । १७ बैशाख २०८३, बिहीबार ०७:३७