एमालेमा ठूलो धाँजा परेको छ: प्रधानमन्त्री प्रचण्ड

सुर्खेत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलमा नेकपा एमाले विभाजन हुनसक्ने दाबी गर्नु भएको छ । सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै एमालेमा ठूलो धाँजा परेको दाबी गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘म अहिले नाम लिएर भन्दिनँ तर आफूलाई ठूलो पार्टी भन्ने, प्रतिपक्षी पार्टीभित्रको एउटा पार्टीमा यति ठूलो धाँजा परेको छ, नेताको विशाल पंक्ति र कार्यकर्ता हैरान परेसान भएर कहीँ न कहीँ विस्फोट हुने अवस्थामा छ । मलाई लाग्छ त्यहाँबाट कहीँ न कहीँ कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुवीकरण सुरू हुन्छ ।’

ओलीकै कारणले एमालेप्रति जनतामा निराशाा बढेको उहाँले बताउनु भयो ।