मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर १ , सोमबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

खेलकुद :

लुम्बिनीको जीतसँगै एनपीएलको प्लेअफ समीकरण पूरा

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । लुम्बिनी लायन्सले विराटनगर किङ्गसलाई ४ विकेटले पराजित गरेसँगै नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको प्लेअफ समीकरण पूरा भएको छ। विराटनगरको हारसँगै काठमाण्डौ गोर्खाज र चितवन राइनोजले पनि प्लेअफमा स्थान पक्का गरेका छन् र विराटनगर भने प्लेअफ दौडबाट बाहिरिएको छ ।

Dailekhi urja

यसअघि नै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेका थिए । यससँगै चार वटै टोलीको टुङ्गो लागेको हो। आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्गसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो।

१६७ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । जितसँगै लुम्बिनी लायन्स अङ्कतालिकाको शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको छ ।

nepalgunj