मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर १ , सोमबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

सिलो संगालो

जिप दुर्घटनामा तीन जनाको मृत्यु

१ मिनेट पढाइ
०साझा

kuse inside

मुगु । मुगुमा जिप दुर्घटना हुँदा आज तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा दुई जना घाइते भएका छन् ।

काठमाडौँबाट मुगुको रारा आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको जिप छायाँनाथ रारा नगरपालिका-७, टोप्लास्थित जिमाकाँरा भीरबाट ६०० मिटर तल खसेको हो ।

Dailekhi urja

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार जिपमा सवार पाँच जनामध्ये काठमाडौँको कलंकी बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको हो ।

दुर्घटनामा परी जिप चालक ललितपुरका ५८ वर्षीय कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन् । दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रविराज थपलियाले बताउनुभयो ।

nepalgunj