
बाँके । सामुदायिक रेडियोहरुको छाता संगठन, सामुदायिक रेडियो प्रसारक संघ, नेपाल (अकोराब) को १६ औं वार्षिक साधारण सभा लुम्बिनी प्रदेशको बाँकेमा आजदेखि सुरु हुँदै छ ।

अकोराबको २२औं स्थापना दिवसको अवसर पारेर बाँकेको नेपालगञ्जमा आयोजित सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन तथा १६ औं वार्षिक साधारण सभा भोलिसम्म चल्ने छ ।
अकोराबका अध्यक्ष अर्जुन गिरीले सम्मेलनले सामुदायिक रेडियोहरूको अबको कार्यदिशा तय गर्ने र त्यसबाट सामुदायिक रेडियोहरुलाई थप बलियो बनाउन मद्दत पुग्ने बताउनुभएको छ ।
साधारण सभा र राष्ट्रिय सम्मेलनमा सहभागी हुन देशभरका तीन सय ६१ सामुदायिक रेडियोका प्रतिनिधिहरु नेपालगञ्जमा भेला भएका छन् ।
सामुदायिक रेडियोहरुको हक, हित र अधिकारका लागि २०५७ चैत ९ गते अकोराब स्थापना गरिएको थियो ।




खबर बजार । ९ चैत्र २०७८, बुधबार ०८:०२