प्रधानमन्त्रीद्वारा उपकुलपतिहरुसँग छलफल, संघ-संगठन खारेजीको निर्णय कार्यान्वयन गर्न निर्देशन 

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र साहले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्नुभएको छ । उहाँले सोमबार सिंहदरबारमा उपकुलपतिहरूसँग छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई यस छलफलमा बोलाइएको थियो । समस्या र समाधानका उपायहरूबारे विमर्श भएको छ ।

यस्तै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल भएको बताइएको छ । बैठकमा त्रिभूवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका उपकुलपति सहभागी हुनुभएको थियो ।

त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पनि उपस्थित हुनुभएको थियो ।

नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति पनि छलफलमा सहभागी हुनुभएको थियो । साथै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री साहले संवाद गर्नुभएको छ ।